मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा अरिङ्गालले चिलेर १ जनाको मृत्यु



६ कार्तिक ,काठमान्डौँ । पाल्पाको निस्दीमा अरिङ्गालले चिलेर १ जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ३ झिरुबास झिरुदीका ३७ वर्षीय दानबहादुर राईको अरिङ्गालले चिलेर मृत्यु भएको हो ।

साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा अरिङ्गालले चिलेर राईको मृत्यु भएको स्थानीय चित्रबहादुर रानाले बताए ।

बिहीबार राति अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले चिलेपछि राईलाई उपचारको लागि स्थानीयले झिरुबास स्वाथ्य चौकी पुर्याएकोमा शनिबार मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ०८ बजे