मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धेरै कोसिस गर्दा पनि ओलीलाई सुधार्न सकिएन : माधव नेपाल




६ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन् अनुरोध गरेका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हु्न् ।

अध्यक्ष नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हावी भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्व गरेको आरोप लगाए । उनले भने, ‘नेपालको राजनीतिमा व्यक्तिवादी हावी भएको छ। ओलीले व्यक्ति केन्द्रित राजनीति (सत्ता) चलाए, त्यो अधिनायकवादी चरित्र हो । त्यस्ता व्यक्तिले संविधान कुल्चे, देशलाई अस्तव्यस्त बनाए ।’

ओलीले लोकतन्त्रलाई धुलिसाफ पार्ने कोशिस गरेको बताउँदै उनले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेको आरोप समेत लगाए । आफुहरुले ओलीलाई सुधार्न निकै प्रयास गरेपनि नसुध्रेको स्मरण गर्दै उनले भने, ‘ओलीले देश भाँडमा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सन्चालन गरे । हामीले धेरै सुधार्ने कोशिस गर्दा पनि सुध्रेनन् ।’ नेपालले पाँच दलीय गठबन्धन अग्रगामी गठबन्धन भएको बताए ।उनले प्रदेशमा प्रतिगमनकारी शक्तिको विरुद्धमा लड्न आफ्ना नेताहरुले गरेको योगदानको बारेमा चर्चा समेत गरे ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ५७ बजे