मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनलाई कसैले हल्का रुपमा लिनुहुँदैनः प्रचण्ड




६ कात्तिक, काठमाडौं । नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक आन्दोलनमाथि आघात पुर्याउन मौकाको खोजीमा रहेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पाँचदलीय गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले ओली लोकतान्त्रिक आन्दोलनमाथि आघात पुर्याउन मौकाको खोजीमा भएको तर परिवर्तनकारी शक्तिको प्रयासका कारण असफल भएको बताए ।

उनले भने, ‘कुनै बेला ओली गोरु गाडा चढेर अमेरिका पुगिँदैन भनेर भन्थे । तर पछि तिनै मान्छे हस्ताक्षर गर्न अघि सरे । तर पनि उनको सोचमा परिवर्तन आएको रहेनछ ।’ गठबन्धनलाई कसैले पनि हल्का रुपमा नलिन लिन नहुने बताउँदै उनले गठबन्धनले लोकतन्त्र, संविधानको रक्षा गरेको बताए । नेपालको इतिहासमा यसअघि पनि असाधारण गतिविधि भएको र त्यसलाई परास्त गरिएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘त्यसलाई कांग्रेस– माओवादीकै अगुवाईमा परास्त गर्ने काम भएको थियो, अहिले पनि हाम्रो एकता देशको विकास र समृद्धिका लागि हो ।’

उनले कर्णाली प्रदेशसभामा सदस्यहरुले खेलेको भूमिकालाई गठबन्धनले नभुले बताउँदै कर्णालीबाट नै प्रतिगमन विरुद्धको विद्रोहले केन्द्रमा प्रवेश पाएको बताए । चुनावी प्रसंगमा उनले १–२ दिनमै गठबन्धन विरुद्धको उम्मेदवारी फिर्ता गराउने दाबी समेत गरे ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : १८ बजे