मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखा नगरपालिका-५ का अध्यक्ष रानाको निधन



११ कात्तिक, काठमान्डौँ । गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो ।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । रानाको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : ५० बजे