मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी:२० विश्वकप स् आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द



११ कात्तिक,काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द भएको छ ।

मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेलको टससमेत हुन नसकेपछि दुवैले १-१ अंक पाएका छन् ।

तीन खेलपछि तीन अंक नै जोडेको आयरल्याण्ड समूह ए मा दोस्रो स्थानमा उक्लेको छ । समान अंक रहेको न्युजिल्याण्ड राम्रो नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । अफगानिस्तानले ३ खेलबाट २ अंक जोडेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १२ : १२ बजे