मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँको रिसोर्टमा जुवा, १८ जना पक्राउ



११ कार्तिक ,काठमान्डौँ । काठमाडौँको एक रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–७ मा रहेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई जुवा र कौडा खेलिरहेको अवस्था फेला परेको थियो ।

उनीहरूको साथबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ नगद, १५ बुक तास र १६ थान कौडा बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १२ : १९ बजे