मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमित बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन



११ कात्तिक, काठमाडौं । लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड संक्रमित भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ । कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा पनि लक डाउन गरिएको छ ।

त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट बाहिर ननिस्किन निर्देशन दिइएको छ । त्यहाँ पछिल्लो हप्तामा दैनिक २०–२५ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । आईफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कारखाना रहेको झेङझाउ शहरका साथै चीनको चौथो ठूलो आर्थिक केन्द्र ग्वाङझाउ पनि प्रभावित भएको छ ।

चीनको राष्ट्रपति सी जिनपिङले शून्य कोभिड नीतिमा कुनै परिवर्तन नहुने संकेत गर्दै ‘भाइरसको फैलावट रोक्नका लागि जनयुद्ध’ गर्नु पर्ने भनेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १ : ३२ बजे