मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलामा भीरबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु



११ कात्तिक, काठमान्डौँ । दार्चुलामा भीर माथिबाट खसेको ढुङ्गाले लागेर बालकको मृत्यु भएको छ । जिल्लाको व्यास गाउँपालिका–२ तम्पाकुका अन्दाजी १० वर्षीय पवन महराको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) तर्कराज पाण्डेले वडानम्बर २ कै थिइ भीरमाथिबाट खसेको ढुङ्गा लागेर महराको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । घटनाबारे खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको छ ।

भारतको बाटो भएर जानुपर्ने अवस्था भएकाले केही घण्टामा मात्र टोली त्यहाँ पुग्ने बताउँदै डीएसपी पाण्डेले त्यसपछि मात्र घटनाबारे विस्तृत विवरण प्राप्त हुने बताए । बालक आमाबुवासँगै रहेको बताइए पनि उनीहरुसँग पनि सम्पर्क हुन सकेको छैन । स्थानीयले भने भारतीय पक्षले धार्चुलाको लखिमपुर क्षेत्रमा सडक निर्माण गरिरहेको र सोही क्रममा ढुङ्गा खसेर बालकको मृत्यु भएको बताएका छन् तर प्रहरीले भने टोली पुगेपछि मात्र थप कुरा थाहा हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  २ : ५७ बजे