मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा हिन्दु–मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न निर्देशन



११ कार्तिक , काठमान्डौँ । महोत्तरीको भंगहा–८ पडरियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले महोत्तरीका सिडिओलाई निर्देशन दिएका छन् ।

अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडिओसँग घटनाको बारेमा विस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिएका हुन् ।

अध्यक्ष डा।दत्तले सो झडपमा घाइते भएका पीडित र परिवारसँग भेटेर समेत घटनाबारे स्थलगत जानकारी लिएका छन् । बिहीबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट सेनाले श्री रामको नारा लगाउँदै र्‍याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । अध्यक्ष डा.दत्तले संयमित भएर एकआपसमा झडप नगर्न तथा सामाजिक सद्भावमा खलल नपुर्‍याउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ३ : १८ बजे