मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोलीको बिदाइ



११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू-१५ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली यू-१५ महिला टोलीलाई बिदाइ गरेको छ । एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरे ।

च्याम्पियनसिपका लागि नेपाली टोली शनिवारबंगलादेश प्रस्थान गर्ने एन्फाले जनाएको छ । साफ यू-१५ महिला च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ । डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले नोभेम्बर ३ मा भुटानसँग खेल्दै च्याम्पियनसिप सुरु गर्नेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगर छिन् भने सहायक प्रशिक्षकमा मंगल महर्जन, गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी छन् । नेपाली यू–१५ महिला टोली गोलकिपर स् राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल डिफेन्डर स् सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही मिडफिल्डर स् सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन फरवार्ड स् दीपा रोकाया (कप्तान), समीक्षा मगर, वर्षा ओली, सेनु परियार

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ४ : ०३ बजे