मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ हजार ७२८ जना डेंगु रोगी थपिए



११ कार्तिक ,काठमान्डौँ । देशभर थप २ हजार ७२८ जनामा डेंगु रोगको सङ्क्रमण पुष्टि भएको छ । कार्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेंगु रोग पुष्टि भएकोमा कार्तिक ११ सो सङ्ख्या बढेर ४६ हजार ४१३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

गत श्रावण महिनादेखि फैलिएको डेंगु रोगको प्रकोप देशका ७७ जिल्लामा फैलिसकेको छ ।

हालसम्म डेंगु रोगका कारण ५२ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ४ : ०८ बजे