मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्ज कारागारका महिला कैदी बन्दीलाई साडी वितरण



११ कात्तिक, काठमान्डौँ । छठ पर्वको अवसरमा वीरगञ्ज कारागारका ८० जना महिला कैदीबन्दीलाई साडी तथा पिठो वितरण गरिएको छ ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत रुंगटा वेलफेयर सोसाइटीको सहयोगमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले महिला कैदी बन्दीलाई साडी वितरण गरेको हो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानका अनुसार कारागारभित्रका ८० जना र वीरगञ्ज–२७ मा २ सय २० जना गरी जम्मा ३ सय जनालाई साडी वितरण गरिएको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ५ : ०१ बजे