मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारको घरमा भेटियो संकास्पद वस्तु



१३ कार्तिक ,काठमान्डौँ । बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरमा संकास्पद वस्तु फेला परेको छ । बुटवल १२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा काटुनमा खतरा खेलिएको बम जस्तै देखिने वस्तु आज बिहान भेटिएको हो ।

संकास्पद वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले प्रहरी घटनास्थलमा भर्खर पुगेकोले विस्तृत विवरण आउन बाँकी रहेको रातोपाटीलाई बताए ।

उम्मेदवार पौडेलले बिहानै आफू घर बाहिर निस्केको अहिले जाँदा गेटमा काटुनमा संकास्पद वस्तु देखिएको बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ४० बजे