मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घटयो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?




१३ कात्तिक, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार १ हजारले घट्दै सुरू भएको जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको कारोबार तोलाको १२ सय रुपैयाँमा भइरहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ४२ बजे