मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्यथा नमान्नु होला, भोलिको प्रधानमन्त्री प्रचण्ड नै होः बाबुराम भट्टराई




१३ कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

गोरखामा चुनावी अभियानमा रहेका प्रचण्डलाई भोट माग्दै भट्टराईले चुनावपछि बन्ने सरकारको नेतृत्व प्रचण्डले गर्ने बताएका हुन् । भट्टराईले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’

एमाले अध्यक्ष केपी शर्मा ओलीको मुर्खताको कारणले गठबन्धन बनेको उनको दाबी थियो । ‘अहिलेको सन्दर्भमा गतिशील र चर्चित व्यक्ति कमरेड प्रचण्ड नै हो । यहाँको लागि उहाँजस्तो उपयुक्त पात्र कोही हुनै सक्दैन’, बाबुरामले भने । प्रचण्ड प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री भएपछि भएपछि गोरखा विकासको पुलको काम आफूले गर्न बताए । उनले गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान समेत गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ५१ बजे