मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्वार्कोमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु



१३ कार्तिक ,काठमान्डौँ । ललितपुरको ग्वार्कोमा हिजो बेलुकी स्कोरपियो जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको निलो रङको स्कोरपियो जिपले पैदल हिँडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो राति ठक्कर दिएको थियो ।

उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १२ : १६ बजे