मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुवनको दाबीबारे सुस्मिताको टिप्पणी : खुसीपूर्वक अलग भएका थियौं, म अहिले पनि सिंगल छु



काठमाडौं । तिहार छेकोमा अभिनेता भुवन केसी प्रेमिका जिया केसीसँग अमेरिका भ्रमणमा थिए । त्यहाँका नेपाली मिडियाकर्मीसँग अन्तर्वार्ता पनि दिन उनले भ्याए । आफू तेस्रो विवाहको तयारीमा रहेकोदेखि अघिल्ला विवाहको असफलताबारे पनि भुवनले उक्त अन्तर्वार्तामा बोलेका थिए । भुवनको उक्त कुराकानीले यतिबेला निकै चर्चा बटुलिरहेको छ ।

उक्त कुराकानीमा भुवनले पूर्वपत्नी सुस्मिताकै कारण आफूसँग डिभोर्स भएकोदेखि सुस्मिताले पुनः विवाह गरेको कुरा उल्लेख गरेका थिए । त्यसयता आफूहरुबीच कुराकानी नभएको समेत उनले बताएका थिए । तेस्रो विवाहबारे भुवनले भने- चाँडै गुड न्युज आउँछ तर भुवनको उक्त अन्तर्वार्तामा आफूलाई समेत जोडेपछि सुस्मिताको प्रतिक्रिया सतहमा आएको छ । सुस्मिताले अनलाइनखबरलाई भुवनको ती अभिव्यक्तिबारे प्रतिक्रिया पठाएकी छन् ।

‘म अहिले पनि सिंगल छु र भारतमा परिवारसँग बसिरहेकी छु । मविरुद्धका आरोपहरु पूर्णतः आधारहीन छन् । हामीले सन् २००२ मा खुसीपूर्वक सम्बन्धविच्छेद गरेका थियौं । अलग भएको २० वर्षपछि पनि किन भुवनजी मेरो नाम लिंदै हिंडिरहेका छन् । समाजका अगाडि आफ्नो चरित्रलाई बदनाम गराउँदै भुवन हिंडेको समेत सुस्मिताले उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १२ : ३० बजे