मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेनाद्वारा उमेदवारको घरमा राखिएको बम निस्क्रिय




१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार रहेका गणेश पौडेलको घर परिसरमा बम भेटिएको छ । घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित उत्तम पथमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शंकास्पद वस्तु फेला परेपछि सेनालाई खबर गरिएको थियो ।

कार्टुनमा खतरा लेखेर राखेको वस्तु प्रेसर कुकर बम रहेको र सेनाले डिस्पोज गरेको इलाका प्रहरी कार्यलयले बुटवलले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १ : २६ बजे