मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जको घडीअर्वा पोखरी नजिकै युवक मृत भेटिए



१३ कात्तिक, काठमान्डौँ। वीरगञ्जको घडीअर्वा पोखरी नजिकै एक युवक मृत भेटिएका छन् । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने ३५ वर्षीय राजु दास मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) गिरीका अनुसार वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा पोखरीको पश्चिमतर्फको गेट नजिकै नालामा बिहान सवा उनी मृत अवस्थामा भेटिएका हुन् । ‘नालामा टाउको तल र खुट्टा माथि रहेको अवस्थामा शव भेटिएको छ। घटनास्थल जाँच मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएका छौं ।’ डीएसपी गिरीले भने ‘ मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्छ ।’

नालामा पुरुष व्यक्ति मृत भेटिएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट अनुसन्धान अधिकृतसहितको टोली खटाइएको छ । मृतकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको डीएसपी गिरीले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १ : २८ बजे