मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मथार सडक दुर्घटनाः घाइतेहरुको तत्काल उपचार गर्न प्रधानमन्त्री देउवाको निर्देशन




१३ कात्तिक, काठमाडौं । नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका- २ मथारमा भएको दुर्घटनाका घाइतेहरूको तत्काल उपचारको प्रवन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।प्रधानमन्त्री देउवाले घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’ दुर्घटनामा परी घटनास्थलमै पाँच जनाको मृत्यु भएको थियो । ३० जना घाइते भएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १ : ३० बजे