मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपरासी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो




१३ कात्तिक, काठमाडौं ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा आज बिहान बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया फूलमाया माझी रहेका छन् ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जानकारी दिएको छ । भरतपुरका विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

पाल्पाको हुगीदेखि दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  २ : ५३ बजे