मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन महिनामा व्यापार घाटा सवा ४ खर्ब



१३ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपालको व्यापार घाटा सवा चार खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८० को तीन महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार असोजसम्मको कुल व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

जुन चालु आर्थिक वर्षको अघिल्लो ९भदौ० महिनाको भन्दा एक खर्ब ४३ अर्ब रुपैयाँले धेरै हो । तीन महिनाको अवधिमा नेपालले ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ बराबरको कुल अन्तर्राष्ट्रिय व्यापार गरेको थियो । जसमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँ रह्यो ।

चाडपर्व लक्षित आयात वृद्धिका कारण एक महिनामै कुल वैदेशिक व्यापारको आकार पौने २ खर्बले बढेको विभागले जनाएको छ । भदौमा नेपालको कुल वैदेशिक व्यापारको आकार ३ खर्ब ५८ अर्ब रुपैयाँ थियो । असोजमा यस्तो आकार ५ खर्ब ४३ अर्ब ५७ करोड पुगेको छ । भदौको तुलनामा असोजमा आयात एक खर्ब ६४ अर्बले बढेको र निर्यात २१ अर्बले बढेको हो । भदौमा ३ खर्ब १४ अर्बको वस्तु आयात भएको थियो भने निर्यात ४४ अर्ब ३ करोड बराबरको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ०८ बजे