मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रले भोलि घोषणापत्र सार्वजनिक गर्ने




१३ कात्तिक, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : ३४ बजे