मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आरजू देउवाले गंगासागर घाटमा गरिन् छठ पूजा



१३ कात्तिक, काठमान्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा जनकपुरधाममा छठ पूजा गरेकी छन्।

चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको मुख्यदिन आज उनी दिउँसो जनपुरधाम आएर गंगासागर घाटमा छठ पूजा गरेकी हुन् ।

उनी आइतबार विहान जनकपुरधाम पुगेकी थिइन् । सोमबार (भोलि) बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा नेत्री राणा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको गृहगाउँ नगराइन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नं ३ का क्षेत्रीय सभापति धीरेन्द्र निधिले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : ५५ बजे