मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनचाँदीको मूल्य स्थिर



१४ कार्तिक , काठमान्डौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ स्थिर रहेको जानकारी दिएको हो ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो ।आज सोमबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

तिहार अघिदेखि सुनचाँदीको कारोबार बन्द भएको थियो । जुन, हिजो आइतबार तोलामा १ हजार रुपैयाँले घटेर कारोबारमा आएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । जसअनुसार, आज चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ११ : ४६ बजे