मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज भइन्



१४ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन् ।सीताको स्वास्थ्यमा समस्या आएपछि १५ दिनअघि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको उनको छोरी गंगा दाहालले जानकारी दिएकी छिन् ।

‘आज १५ दिनको हस्पिटल बसाइँपछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरुको माया र आशिर्वादले ममीको स्वास्थ्यमा सुधार आइ आज फेरि डिस्चार्ज गरि घर ल्याइएको छ’, गंगाले फेसबुकमा लेखेकी छिन्, ‘सम्पूर्ण शुभेच्छुकहरूमा आभारसहित धेरै धेरै धन्यवाद ।’

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् । स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार सीतालाई लागेको रोक मस्तिष्कमा लाग्ने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १२ : ३२ बजे