मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीपकराज गिरीले भने ,६० काटेकालाई भोट हाल्दिन



काठमान्डौँ । अभिनेता दीपकराज गिरीले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूले ६० वर्ष काटेका उम्मेदवारलाई भोट नदिने बताएका छन् । । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् ।

उनले सबै फूल गुलाफ नहुने भन्दै सबै स्वतन्त्र उम्मेदवार बालेन नहुने तर्क समेत अगाडि सारेका छन् । ६० वर्ष काटेकालाई भोट हालेर आफ्नो भोट खेर नफाल्ने समेत उनले बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् , ‘सबै फूल गुलाफ हुँदैनन् ,सबै स्वतन्त्र बालेन हुँदैनन्, आफ्नो भोट खेर फाल्दिन
६० काटेकालाई हाल्दै हाल्दिन !’

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १२ : ३९ बजे