मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी–ट्वान्टी विश्वकप स् आयरल्यान्ड र अस्ट्रेलिया भिड्दै



१४ कार्तिक ,काठमान्डौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आयरल्यान्डले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । सुपर १२ को आफ्नो चौथो खेलमा अस्ट्रेलिया र आयरल्यान्डले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आजको खेलमा जित निकाल्दै अस्ट्रेलिया सेमिफाइनलमा आफ्नो सम्भावना बलियो बनाउने योजनामा छ । यता आयरल्यान्ड पनि जित निकाल्दै आफूलाई सेमिफाइनलको दाबेदारको रूपमा प्रस्तुत गर्ने योजनामा छ ।

लिगमा तीन खेल खेलेको आयरल्यान्ड समूह १ को तेस्रो स्थानमा छ । समान खेल खेलेको अस्ट्रेलिया ३ अंकका साथ तालिकाको चौथो स्थानमा छ । आजको खेलमा जित निकाल्ने टोली दोस्रो स्थानमा पुग्नेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १२ : ४६ बजे