मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रको घोषणापत्रः काठमाडौंमा मोनो रेल र मेट्रो रेल सञ्चालन




१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ । सो पार्टीले सोमबार सार्वजनिक गर्ने तयारी गरिरहेको घोषणापत्रमा काठमाडौं उपत्यकामा मोनो रेल र मेट्रो रेल सञ्चालन गर्ने उल्लेख रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, धोवी खोला र मनोहरा करिडोरमा मोनो रेलको निर्माण कार्य अघि बढाउने माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ । यस्तै, चक्रपथ वरिपरि र बुढानिलकण्ठ–सानेपा तथा थानकोट–साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाउने पनि घोषणापत्रमा उल्लेख रहेको स्रोतले जानकारी दियो ।

यस अतिरिक्त पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायतका मुख्य सहरमा मेट्रो र मोनो रेल, ट्रली लगायतका आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कार्य योजनाबद्ध रुपमा थालनी गरिने प्रतिबद्धता पनि माओवादी केन्द्रले घोषणापत्रमा समेटेको जनाइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  २ : ५५ बजे