मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेस्रो विवाहको चर्चाबीच अमेरिकामा रोमान्टिक देखिए भुवन र जिया



काठमाडौं । तिहारअघि नै अमेरिका घुम्न निस्किएका चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी काठमाडौं फर्किंदैछन् । ग्लोबल फिल्म अवार्ड समारोहमा भाग लिन प्रेमिका जिया केसीलाई लिएर डेन्भर उडेका भुवन त्यहाँ झण्डै दुई साता रहे । नेपाली समुदाय, आफन्त र अमेरिकास्थित परिवारलाई भेट्ने काममा उनी व्यस्त रहे ।

भुवनको अमेरिका भ्रमण फिल्म अवार्ड र घुमघामभन्दा तेस्रो विवाह सम्बन्धी उनको एक अन्तर्वार्ताले चर्चामा आयो । जसको तरंग भारतमा रहेकी उनकी पूर्वपत्नी सुस्मितासम्म पुग्यो । सुस्मिताले यसबारे टिप्पणी समेत गरिसकेकी छन् ।

अमेरिकामा रहँदा भुवन र जिया घुमघाममा निकै रोमान्टिक पनि देखिए । युनिभर्सल स्टुडियो घुम्ने, गल्फ खेल्नेदेखि अन्य रोमान्टिक ठाउँ घुम्नेसम्मका तस्वीर देखिए । जियाले भुवनसँगका रोमान्टिक तस्वीर सार्वजनिक गरेकी छन् । तेस्रो विवाहको चर्चाबीच यो जोडीको चर्चा अहिले पुनः सुरु भएको छ । भुवनले त चाँडै गुड न्युज समेत आउने बताइसकेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ३ : १० बजे