मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनको माडीमा बुवालाई खुकुरी हान्ने पक्राउ



१४ कात्तिक, काठमान्डौँ। चितवनको माडी नगरपालिकाको रामराज्यपुरीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी फरार रहेका छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

माडी नगरपालिका ६ घर भएका ६५ बर्षीय रामबहादुर गुरुङलाई गएराति टाउकोमा खुकुरी प्रहार गरी फरार भएका छोरा राजन गुरुङलाई माडीकै मजुवा गाउँबाट प्रहरी पक्राउ गरेको हो । रामबहादुरको टाउकोमा गम्भीर चोट लागेको छ ।

अत्याधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेजमा ल्याइएको छ । पक्राउ परेका छोरा राजनलाई इलाका प्रहरी कार्यालय बसन्तपुर माडीमा राखिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ४ : १८ बजे