मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लवले पत्रकार सम्मेलन गर्दै




१५ कात्तिक, काठमाडौं
। नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीले सम्पन्न गरेको ९ औं महाधिवेशनबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएका छन् ।

उनले आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा महाधिवेशनले पारित गरेका निर्णयहरू सार्वजनिक गर्ने भएका हुन् ।

विप्लवको महाधिवेशन गत असोज २५ गते सुरु भई एक हप्तासम्म छलफल भएर सकिएको थियो । महाधिवेशन सकिएको झन्डै दुई हप्तापछि निर्णय सार्वजनिक गर्न थालिएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ११ : ४० बजे