मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढयो सुनको मूल्य




१५ कात्तिक, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य एक सय रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार ६ सय रुपैयाँ पुगेको महासंघको जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ११ : ४३ बजे