मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विङ्गरको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु




१५ कात्तिक, काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–७ मा हिजो विङ्गरको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना युवती घाइते भएकी छिन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार नगरपालिका–१२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डल रहेका छन् । उनको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो । घाइते भएकी मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय पार्वती देवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ ।

प्रदेश २–०१–००१ प ३९ ८२ नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले हिजो साँझ सवा ६ बजे ठक्‍कर दिएको थियो । वीङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ०० बजे