मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ



१५ कात्तिक, काठमान्डौँ। प्रहरीले वीरगञ्जबाट मोटरसाईकल चोरी गरेको अरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पटेर्वासुगौली गाउँपालिका– ३ बस्ने १९ वर्षीय रामजनम मुखिया र वीरगञ्ज महानगरपालिका– ३१ बस्ने २४ वर्षीय सुनिल दास थारुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट कात्तिक ७ गते चोरी भएको बागमती प्रदेश ०३–००३ प ३६७८ नम्बरको एनएस पल्सर मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिए । कात्तिक ७ गते अपरान्ह ४ बजे वीरगञ्ज महानगरपालिका वडा नं। १४ बस्ने प्रधुमन कुमार पटेलले मोटरसाईकल हराएको भन्दै खबर गरेका थिए । पार्किङ गरी राखिएको ठाउँबाट मोटरसाईकल चोरी भएको सूचना आए लगत्तै प्रहरीले खोजतलास गरेको थियो ।

वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज-२१ स्थित सडकखण्डमा चेक जाँचको क्रममा कात्तिक ११ गते साँझ साढे पाँच बजे मोटरसाईकल बरामद गरेको थियो । रामजनम र सुनिल चोरी भएकै मोटरसाईकलमा सवार थिए। अनुसन्धानको क्रममा उनीहरुले नै मोटरसाईकल चोरी गरेको तथ्य खुलेपछि आवश्यक कानुनी कारबाही प्रक्रिया सरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ५१ बजे