मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन महिनामा ३ अर्ब ४० करोडको मकै आयात



१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को तीन महिनामा मकै आयातमा गिरावट आएको छ । भन्सार विभागकाअनुसार चालु आवको असोजसम्म नेपालले ३ अर्ब ४० करोड ११ लाख ५१ हजार रुपैयाँको मकै आयात गरेको छ ।

जुन गत आवको समीक्षा अवधिको तुलनामा २ अर्ब २४ करोड रुपैयाँले कम हो । गत वर्ष असोजसम्म ५ अर्ब ६४ करोड ४४ लाख ९९ हजार रुपैयाँको मकै आयात भएको थियो । भन्सार विभागकाअनुसार ३ महिनामा ८ करोड २१ लाख १३ हजार किलो मकै नेपाल भित्रिएको छ । गत वर्ष यसै अवधिमा मकैको आयात परिमाण १६ करोड १८ लाख किलो थियो ।

चालु आवमा ११ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरको ३ लाख ४४ हजार किलो मकैको बिउ आयात भएको छ भने ३ अर्ब २८ करोड ४९ लाख ७२ हजार रुपैयाँको ८ करोड १७ लाख किलो अन्य प्रकारका मकै नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ५९ बजे