मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै भेटिएनन् भेरीमा बेपत्ता दुई युवक



१५ कार्तिक ,काठमान्डौँ । पिकनिक खाना गएर पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई युवा अझै भेटिएका छैनन् । शनिबार दिउँसो वीरेन्द्रनगरबाट पिकनिक खाना गएका वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी (छवि) पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

प्रहरीले दुई दिनसम्म पनि खोजतलास गर्दा उनीहरूको अत्तोपत्तो नै नलागेको हो । शनिबार दिउँसो तीन बजेदेखि उनीहरू नदीमा डुबेर बेपत्ता भएका थिए । त्यसलगत्तै सशस्त्र प्रहरी बल रक्तकालीगढ बाङ्गेशिलका प्रमुख एसपी विमल डाँगीको नेतृत्वमा खोजी कार्य सुरु भएको थियो । यद्यपि उनीहरू अझैसम्म नभेटिएको डाँगीले रातोपाटीलाई बताए ।

उनले भने, ‘चार जनाको गोताखोरको टोली समेत खटाएर खोजी कार्य गर्दा समेत पत्ता लगाउन सकिएको छैन । ’ तिहारमा देउसी भैलो खेलेको उनीहरूको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  २ : ०१ बजे