मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रव्यदृश्य पाठ्यसामाग्री तयार गर्नको लागि शिक्षकहरुको सूची सार्वजनिक



१५ कात्तिक, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, श्रव्यदृश्य शाखाले श्रव्यदृश्य पाठ्यसामग्री उत्पादनका लागि शिक्षकहरुको सूची सार्वजनिक गरेको छ । सूचीकृत शिक्षकहरुले केन्द्रको स्टुडियोमा स्वर परीक्षण र कक्षा प्रद्धर्शन पश्चात श्रव्य तथा श्रव्यदृश्य पाठहरु उत्पादन गर्नुपर्ने केन्द्रले सूचनामा उल्लेख गरेको छ ।

केन्द्रले सूचना मार्फत सुचीकृत इच्छुक शिक्षकहरुले केन्द्रको श्रव्यदृश्य शाखामा उपस्थित भई अथवा फोनमार्फत सम्पर्क गर्न जानकारी दिएको छ ।

नेपाली, अंग्रेजी, सामाजिक, गणित, विज्ञान, स्वास्थ्य शारीरिक, लेखा, कम्प्युटर र बाली विज्ञानको श्रव्यदृश्य सामाग्री तयार गर्नको लागि १३२ जना शिक्षककको सूची सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  २ : १२ बजे