मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले सबै पालिकामा खाद्य भण्डार बनाउने



१५ कार्तिक ,काठमान्डौँ । नेकपा एमालेले सबै पालिकामा खाद्य भण्डार बनाउने भएको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै एमालेले सातै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने बताएको हो ।

यस्तै खानपिनको बानीमा परिवर्तन गरी ५ वर्षमा पाँच लाख परिवारलाई खाद्य सुरक्षा प्रदान गरिने एमालेको घोषणापत्रमा उल्लेख छ । यस्तै प्रत्येक वर्षमा १ लाख परिवारलाई खाद्य सुरक्षा दिइने एमालेले बताएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  २ : ५१ बजे