मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि




१५ कात्तिक, काठमाडौं ।
देशभर थप २९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा थप २३ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५२८ जना पुगेको छ । नेपालमा कोरोना महामारीमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ०३ बजे