मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ



१५ कार्तिक ,काठमान्डौँ । चितवनमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका-११ लामाटोल बस्ने मैति लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीया मीना कुमारी दर्लामीसमेत १६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ०४ बजे