मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित



१५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन र अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ ।

आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि १६ कात्तिकसम्म तोकिएको समयसिमा बढाएर मंसिर ९ गते अपरान्ह ४ बजेसम्मका लागि थप गरिएको जानकारी दिएको छ ।

आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा आगामी मंसिर १०, ११ र १२ गते हुने समयवधि निर्धारण गरेको थियो । हाल स्थगन भएको परीक्षाको तालिका मंसिरको दोस्रो साता प्रकाशन हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ४५ बजे