मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा लडेर एक पुरुषको मृत्यु



१६ कार्तिक ,काठमान्डौँ । पाल्पामा एक जनाको लडेर ज्यान गएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं.५ तमासगिरी बस्ने ६८ वर्षीय मानबहादुर सिंजालीको गोरेटो बाटोबाट खसेर मृत्यु भएको हो ।

सिंजाली मंगलबार बेलुका घर नजिकैको गेजा भन्ने ठाउँदेखि घरतर्फ जाँदै गर्दा कामुखोला नजिकैको गोरेटो बाटोदेखि करिब तीन सय मिटर तल खसेर घाइते भएका थिए ।

उनलाई अचेत अवस्थामा देखेपछि स्थानीयले उपचारका लागि रामपुर अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ११ : ४६ बजे