मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिपुरेश्वरको महादेव मन्दिर पुगे केपी ओली



१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ ।

‘किरण पौडेलले काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाएका छन् , किरणकै योजना अनुसार ओली त्रिपुरेश्वर आउनु भएको हो,’ पौडेल निकट एक कार्यकर्ताले भने । यसअघि १६ साउनमा ओली पशुपतिको गंगा आरतीमा पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १२ : २७ बजे