मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा बढ्दै व्यावसायिक सुन्तलाखेती




१६ कार्तिक ,काठमान्डौँ । विभिन्न निकायको सहयोगमा सुन्तलाखेती फस्टाउनसमेत सहयोग भएको उनको भनाइ छ । “फलफूल बिक्रीवितरणबाटै घरपरिवार चलाएको छु”, उनले भने, “राम्रो आम्दानी हुन थालेपछि यसलाई व्यवसायीकरण गरेको हुँ ।” यस वर्ष भने असिनाले दानामा असर गर्दा उत्पादनमा कमी आउने उनको भनाइ छ ।

अन्य खेतीमा पटकपटक मेहनत गर्नुपर्ने भए पनि सुन्तलाखेतीमा वर्षका एक-दुईपटक मलजल गरेपछि राम्रै फल पाइने बडीकेदार गाउँपालिका–४ का किसान चक्र जेठराले बताए । उनले हाल बारीमा सानाठूला गरी सात सय वटा सुन्तलाका बोट रोपेको र वार्षिकरुपमा सात लाख आम्दानी गरिरहेको बताए । सडकको पहुँचबाट टाढा रहेको सो गाउँमा हाल उनले आफ्नो रु चार लाख लगानीमा सडक निर्माण गरी उत्पादन गरिएका सबै वस्तुले सहजरुपमा बजारमा लैजाने सकिरहेको बताए ।

स्थानीय स्थरमा उत्पादन गरिएका सबै वस्तुलाई बजारसम्म लैजान र बजारीकरण बनाउन पहल भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताए । साथै स्थानीय सरकारले सडक नजोडिएको स्थानमा सडक जोड्ने र कृषि उत्पादन हुने क्षेत्रमा कृषि पकेट क्षेत्र बनाइ लगानी गर्ने उनको भनाइ छ । यससँगै डोटीका जोरायल , बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकालाई सुन्तला जोन क्षेत्र घोषण गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । साथै यस क्षेत्रमा परम्परागतरुपमा रहेका सुन्तला खेतीलाई पछिल्लो समय व्यावसायिकीकरण गरिँदै आएको र यसलाई थप आधुनिकीकरणका लागि पहल भइरहेको उनले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १ : ३२ बजे