मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वीचितवनमा सत्ता गठबन्धनको कार्यालयमा कार्यकर्ताले लगाए ताला



१६ कार्तिक, काठमान्डौँ। पूर्वी चितवनको रत्ननगरमा रहेको सत्ता गठबन्धनको निर्वाचन प्रचारप्रसारको कार्यालयमा तालाबन्दी गरिएको छ । गठबन्धनप्रति असन्तुष्टी जनाउदै आएका नेपाली कांग्रेस युवाहरुले चितवन क्षेत्र नं १ प्रदेश सभा ‘ख’ कार्यालयमा बुधवार विहान तालाबन्दी गरेका हुन्। नेपाली कांग्रेस निकट ३० देखि ४० जना युवाहरु सौराहाचोकस्थित कार्यालयमा पुगेर ताला लगाएका थिए ।

गठन्बधनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भित्र उम्मेदवार कै विषयमा असन्तुष्टी रहेको छ । निर्वाचन गतिविधिलाई सशक्त बनाउन नसकेको भन्दै नेतृत्वको आलोचनाका बीच युवाहरुले गठबन्धनको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

ताला लगाउन पुगेका नेविंसघका विद्यार्थी नेता आयूष श्रेष्ठले नेपाली कांग्रेसभित्रै आफूहरुलाई वाइपास गर्न खोजिएकोले ताला लगाएको बताए । ‘जिल्ला नेतृत्वसँग पनि असन्तुष्टी छ, यहाँका नेताहरुसँग पनि छ, काखा र पाखा गर्ने काम भयो’ श्रेष्ठले भने, ‘हामीहरुको माग सम्वोधन नभएसम्म ताला जारी राख्छौं ।’ सत्ता गठवन्धनबाट सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी कृष्ण खनाल उम्मेदवार छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  २ : ०८ बजे