मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानकै कारण राजनीतिक स्थिरता भएन, माओवादीले परिमार्जन गर्छः प्रचण्ड



१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षपछि बनेको संविधानको संरक्षण गर्ने मुख्य जिम्मेवारी माओवादी केन्द्रकै भएको दाबी गरेका छन् । माओवादी गोरखा-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान परिमार्जन गरेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘संविधानका कयौँ प्रावधान छन् । त्यसका कारण हामीले राजनीतिक स्थिरता पनि कायम गर्न नसक्ने, भ्रष्टाचार नियन्त्रण गर्न पनि नसक्ने अनि जनतालाई सर्वसुलभ हुने किसिमको निर्वाचन प्रणाली नहुँदा श्रमजीवि वर्ग निर्वाचनमा प्रतिस्पर्धा गर्न पनि नसक्ने यस्ता कयौँ कुराहरु छन् ।’

उनले संविधानमा संरचनागत सुधार गर्न भएको बताए । उनले संविधान परिमार्जन र रक्षाको सबैभन्दा बढी जिम्मेवारी माओवादीकै बढी भएको बताए । उनले आफ्नो पार्टीको घोषणापत्रमा पनि यस बिषयलाई गम्भीरतापूर्वक उठाएको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ४ : ०१ बजे