मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेंगु सङ्क्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु



१६ कार्तिक ,काठमान्डौँ । लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ ।

बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको हो ।

२२ वर्षीय अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलले बताए। उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ४ : १५ बजे