मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड शुक्रबार गोरखा जाने



१६ कार्तिक ,काठमान्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी शुक्रबार (कात्तिक १८ गते) गोरखा जाने भएका छन् । प्रचण्ड आफ्नो चुनावी क्षेत्र गोरखा २ मा हुने निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् ।

गोरखा सदरमुकामसहित ५ ठाउँमा चुनाव केन्द्रित आमसभा र गोष्ठी राखिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

‘अध्यक्ष कमरेड शुक्रबार मात्रै निर्वाचन क्षेत्र जान लाग्नु भएको छ । गोरखा सदरमुकामसहित अन्य क्षेत्रमा ५र६ वटा कार्यक्रम राखिएकाले सम्बोधन गर्नु हुनेछ’ मल्लले भने, ‘अरु गठबन्धनले बनाउने आमसभा र कार्यक्रममा कार्यतालिका बमोजिम जानु हुनेछ ।’ यद्यपि सत्ता गठबन्धनले दोस्रो चरणमा चुनावी आमसभा र कार्यक्रम कहाँ कहिले गर्ने भन्ने विषयमा सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ४ : २२ बजे