मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन काठमाडौंमा हुने



१६ कार्तिक ,काठमान्डौँ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन काठमाडौंमा हुने भएको छ । कमिटीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही कार्तिक १९ र २० गते सो अधिवेशन गर्ने औपचारिक जानकारी गराएको हो ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिर्सोटमा अधिवेशनको उद्‍घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने पनि कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाले बताए ।

‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको अधिवेशनमा ४० देशका ३ सय भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन् । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ४ : २८ बजे